कालोबजारी विरुद्ध अखिल क्रान्तिकारी

२०७२ माघ २४ गते, आईतवार

काठमाडौँ, २४ माघ । माओवादी निकट तीन वटै बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले कालोबजारी विरुद्ध काठमाडौं उपत्यकाका क्यामपस अगाडि प्रदर्शन गरेका छन् । माओवादी निकट तीनवटा अखिल क्रान्तिकारीले कालोबजारी रोक्नु पर्ने, पेट्रोलियम पदार्थको सहज आपूर्ति, अन्तराष्ट्रिय मुल्य अनुसार समायोजन, सार्वजनिक यातायातको भाडा घटाउनु पर्ने लगायतका माग गर्दै प्रदर्शन गरेका हुन् । काठमाडौको रत्नराज्य, पशुपति बहुमुखी, मिनभवन क्याम्पस , पुल्चोक, पाटन, सानोठिमी भक्तपुर क्याम्पस अगाडि अखिल क्रान्तिकारीले प्रदर्शन गरेका हुन् । प्रदर्शन भएका क्याम्पस अगाडिको सडकमा गाडि ओहोर दोहोरमा समस्या आएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]