विश्व रेडियो दिवस विषेश कार्यक्रम गरि मनाइदै

२०७२ माघ २८ गते, बिहीबार

काठमाडौ, २८ मघ । सामुदायिक रेडियो प्रसारक संघले विश्व रेडियो डेका सन्दर्भमा आजदेखि कार्यक्रम सुरु गरेको छ । यसपटकको विश्व रेडियो दिवस डे फरक शैलीमा मनाइने भएको छ । आज काठमाडौमा देशका विभिन्न जिल्लाबाट आएका रेडियोकर्मीहरुसँग विषेश अन्तक्र्रिया हुँदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा विपतका समयमा रेडियोको भूमिका भन्ने तय गरिएको छ ।
त्यसै विषयमा आजदेखि अन्तरक्रिया हुनेछ । रेडियोकर्मीलाई ज्ञाप र सीप हस्तान्तरण गर्नेमा यसपटकको रेडियो दिवस केन्द्रित हुने सामुदायिक रेडियो प्रसारक संघका कार्यकारी निर्देशक डा रामचन्द्र लामिछानेले जानकारी दिनुभयो । आजैदेखि सामुदायिक मेलमिलापमा रेडियोको सहभागिता र भूमिका विषयमा पनि अर्को पनि अन्र्तक्रिया सुरु भएको छ ।
संयुक्त राष्ट्रसंघले फेब्रुअरी १३ लाई विश्व रेडियो दिवसको रूपमा मनाउन प्रसारण क्षेत्रका सबैलाई आह्वान गरेको छ । दिवसले रेडियोलाई एक भरपर्दो सूचना साधनको रूपमा प्रयोग गर्न उपभोक्ता र प्रयोगकर्तालाई प्रेरित मात्र गर्ने नभएर प्रसारकहरूका बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरसहयोगको आदानप्रदान गर्ने र वायुतरङ्गका माध्यमबाट सूचनाको पहुँच र अभिव्यक्ति स्वतन्त्रतालाई प्रवद्र्धन गर्नमा प्रसारण र यसका सञ्जालहरूलाई उत्प्रेरित हुन विशेष हौसला प्रदान गर्ने साुमदाियक रेडियो प्रशामरक संघ अकोराबले जनाएको छ ।
नेपालमा सामुदायिक रेडियो प्रसारक संघको पहलमा विश्व रेडियो दिवस मनाउन थालिएको छ । यसलाई निरन्तरता दिँदै यसवर्ष पनि रेडियो क्षेत्रमा संलग्न नेपाली सञ्चारकर्मी तथा व्यवस्थापकहरूले विभिन्न कार्यक्रम आयोजना गरी रेडियो दिवस मनाउदै छन् ।
सामुदायिक रेडियोहरूले यही आजदेखि दिन तीन ११, १२ र १३ गते विभिन्न कार्यक्रमका साथ विश्व रेडियो दिवसको मनाउने लागेका अकोराबका अध्यक्ष मोहन चापागाँइले जानकारी दिनुभयो । सामुदायिक रेडियो प्रसारक संघले १३ फेब्रुअरी पर्सी शनिबार काठमाडौँमा राष्ट्रियस्तरको विश्व कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा देशभरिका रेडियोका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

प्रतिक्रियाहरु

[anycomment]