टेलिकम चीनबाट इन्टरनेट भित्र्याउँदै
काठमाडौ, २८ माघ । नेपाल टेलिकमले मित्रराष्ट्र चीनबाट अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याउन लागेको छ । मुलुककै ठूलो दूरसञ्चार कम्पनी टेलिकमले इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दो तथा सस्तो बनाउन सो ब्याण्डविथ भित्र्याउन लागेको हो । हाल भारततर्फबाट मात्र जोड्न मिल्ने गरी अप्टिकल फइबर सञ्चालनमा रहेकोमा अबको करीब १ महीनासम्ममा चीनतर्फबाट पनि ब्याण्डविथ भित्रिने भएको छ । यससँगै टेलिकम उत्तरतिरबाट ब्याण्डविथ भित्र्याउने नेपालका लागि पहिलो सोवाप्रदायक बन्ने छ ।
टेलिकमले चीनतर्फबत्राट ब्याण्डविथ भित्र्याउन अप्टिकल फाइबर जडानको कार्य सम्पन्न गरिसकेको छ । चीनतर्फको फइबर जडानको कार्य सञ्चालनमा आएपछि नेपालका लागि भारतमाथि मात्रै रहेको हालको निर्भरता अन्त्य हुने टेलिकमले जनाएको छ ।