नारायणगढ-मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

२०७२ माघ २८ गते, बिहीबार

काठमाडौं, २८ माघ । चितवनको नारायणगढ-मुग्लिन खण्ड आजदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजे बन्द गरिने बताइएको छ । सडक बिस्तार भैरहेकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडीहरु मुग्लिन र जुगेडीमा रोकिने भएका छन । ‘दुई घण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने भएकाले आजदेखि हरेक दिन ४ घण्टा सडक बन्द हुन्छ,’ सडक आयोजनाका इन्जिनियर शिव खनालले भने ।
अत्यावश्यक सेवाका गाडीहरुलाई पनि २ घण्टाको फरकमा छाडिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । नारागणगढ-मुग्लिन सडक खण्डमा दैनिक आठ हजारभन्दा धेरै गाडीहरु आवत-जावत गर्छन् । जिर्ण र साँघुरो भएकाले सो सडकखण्डमा अत्यधिक दुर्घटना हुने गर्दछ । सडक फराकिलो पार्ने काम भैरहेकाले पश्चिम तर्फ जाने गाडीहरुलाई सिद्धार्थ राजमार्ग र पूर्वतर्फ जाने गाडीहरुलाई त्रिभुवन राजपथलाई विकल्पको रुपमा प्रयोग गर्न सुझाइएको छ । आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर सडकलाई सन् २०१७ अपि्रलसम्ममा बिस्तार गरेर चार लेनको बनाउने काम भइरहेको छ । खुला क्षेत्रमा ११ मिटर र पहाडी चट्टानयुक्त क्षेत्रमा ७ मिटर चौडाइको सडक बनाइने छ । यो कामका लागि आर्थिक वर्ष ०७०/७१ को बजेटमा ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । आँपटारीदेखि झण्डै १३ किलो मिटरसम्मको खण्ड बिएलए तथा श्रेष्ठ निर्माण कम्पनीले र त्यसपछिको २३ किलोमिटर सडक बिस्तारको जिम्मा उड हिल तथा लामा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार