प्रधानमन्त्रीको भारत भ्रमण फागुन ७ देखि

२०७२ माघ २९ गते, शुक्रबार

काठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुन ७ गतेदेखि भारतको भ्रमण गर्ने भएका छन । भारत सरकारले बिहीबार प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो दिएको छ । भारतको विदेश मन्त्रालयले भ्रमणसम्बन्धी जानकारी नेपाल सरकारलाई गराएको हो । मन्त्रिपरिषदको बिहीबारको बैठकमा भ्रमणका विषयमा छलफल भएको र भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए ।
भारत सरकारको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमण जाने उनले बताए । त्यसको आवश्यक तयारी परराष्ट्र मन्त्रालयले गर्ने छ ।

प्रतिक्रियाहरु

[anycomment]