एउटै नम्बरका दुई मोटरसाइकल !

२०७२ माघ २९ गते, शुक्रबार

काठमाडौँ, २९ माघ । आज नेपाली सेनाको भद्रकाली स्थित पेट्रोल पम्पमा एउटै नम्बर प्लेट भएका दुइ मोटरसाइकल भेटिएका छन । सेनाको भद्रकाली स्थित पेट्रोल पम्पमा सरकारी नम्बरका सवारी साधनहरुलाई मात्रै पेट्रोल दिने भनेपछि दुवै मोटरसाइकल लाइनमा पुगेका थिए । ट्राफिक प्रहरीले पेट्रोलको लाइनमा एउटै नम्बर बा २ ब १६९८ भएका दुइवटा मोटरसाइकल देखेपछि धनीसंग कागजपत्र माग्यो र दुबैलाई नियन्त्रणमा लियो । दुईवटा मध्य होन्डा ग्लामर बाइक विज्ञान तथा प्रविधि मन्त्रालयको र अर्को यामाहा भने नुवाकोटस्थित सरकारी स्वास्थ्य कार्यालयको नाममा भेटिएको थियो । ट्राफिक प्रहरीले विज्ञान मन्त्रालयको ब्लु बुक देखाउने मोटरसाइकल चालकलाई छाडिदिएको छ भने ब्लु बुक नभएको अर्को मोटरसाइकललाई भने चालकसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बग्गीखानामा राखेको छ ।

प्रतिक्रियाहरु

[anycomment]