बजार कालोबजारीकै कब्जामा

२०७२ फाल्गुन २ गते, आईतवार

काठमाडौ, २ फागुन । भारत, बरौनी डिपोबाट माघमा मात्र जोगबनी नाका हुँदै ८ सय ६१ ट्यांकर डिजेल, २ सय ६७ ट्यांकर पेट्रोल र २ सय ८ बुलेट ग्यास भित्रिएको छ। त्यही अबधिमा विराट पेट्रोलले पनि जोगबनी नाकाबाट १२ ट्यांकर पेट्रोल आयात गरेको छ। तर बजारमा भने पेट्रोलियम पदार्थको हाहाकार कायमै छ। किन? व्यवसायी भन्छन्–बजार कालोबजारीकै हातमा छ, यो खोस्न कम्तीमा चार महिना लाग्छ। ‘४ महिनादेखि कालोबजारियाको हातमा रहेको पेट्रोलियम पदार्थको बजार खोस्न समय लाग्छ, एक तेल व्यवसायीले भने–इन्धनको कालोबजारको तार धेरैतिर जोडिएको छ, त्थ्यसैले पनि आपूर्तिमा सहज भएपनि उपभोक्ताले सजिलै पेट्रोलियम पदार्थ पाएका छैनन्।’
पेट्रोलियम व्यवसायीका अनुसार माघ महिनामा मात्र एउटै नाका जोगबनीबाट आयात भएको पेट्रोलियम पदार्थको परिणाम सहज वितरण गरिए कोसी–सगरमाथामा महिनौंलाई फालाफाल हुन्छ। उच्च परिणाममा पेट्रोलियम पदार्थ आयात भए पनि बजारमा इन्धनको हाहाकार कायमै छ। – नागरिक दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४४.२५ अंकले बढ्यो

२०८२ आश्विन २७ गते, सोमबार

नेप्से ७८.८३ अंकले घट्यो

२०८२ आश्विन २६ गते, आईतवार

श्रीनगर एग्रीटेकको आईपीओ निष्कासन

२०८२ आश्विन २६ गते, आईतवार