एप्पलमाथि चोरीको आरोप
काठमाडौ, २ फागुन । इमेर्सन कर्पोरेशनले एप्पलमाथि थ्री डी टच र फोर्स टचमा आफ्नो प्याटेन्ट अधिकार चोरी गरेको आरोप लगाएको छ । प्याटेन्ट अधिकारी सम्बन्धी मुद्दामा एप्पलसँग पराजित भएको इमेर्सन कर्पोरेशनले विज्ञप्ति निकालेर आइफोन निर्माता कम्पनी एप्पलले आइफोन सिक्स, सिक्स प्लस, सिक्स एस, सिक्स एस प्लस र एप्पल वाचामा प्रयोग गरेको थ्री डी टच तथा फोर्स टचको प्रविधि आफ्नो भएको दाबी गरेको हो । इमेर्सनले एप्पल तथा एटी एण्ड टी कम्पनी विरुद्ध दायर गरेको प्याटेन्ट अधिकार सम्बन्धी मुद्दा हारेको थियो ।
त्यसपछि जारी गरेको विज्ञप्तीमा मुद्दा हारे पनि आफ्नो कप्पनीले विकास गरेको टचसँग सम्बन्धी प्रविधि नै प्रयोग भएको दाबी गरिएको छ । इमेर्सनले सोनी, गुगल, माइक्रोसफ्ट तथा एचटिसी विरुद्ध पनि प्याटेन्ट अधिकारसँग सम्बन्धित विभिन्न मुद्दा दायर गरेको थियो ।
त्यसमध्ये सोनी, गुगल र माइक्रोसफ्टसँगको मुद्दा उसले जितेको थियो । तर एप्पलसँगको मुद्दा भने हारेको छ । आफूहरुले बनाएको प्रविधि प्रयोग भएको प्रमण जुटाउन प्रयास गरिएको भएपनि मुद्दा हारेको विज्ञप्तीमा उल्लेख छ । – एजेन्सी