स्वचालित कारको लागि तार रहित चार्ज प्रविधिको प्रयोग हुँदै

२०७२ फाल्गुन ३ गते, सोमबार

काठमाडौँ । विश्व प्रख्यात सर्च इन्जिन ‘गुगल’ले स्वचालित कारकालागि तार रहित चार्ज प्रविधिको प्रयोग गर्न थालेको छ । स्वचालित कारको निर्माणसँगै दुर्घटना न्यूनिकरण तथा वातावरण प्रदुषण नियन्त्रणमा प्रभावकारी हुने विश्वासका लिएको छ । गुगल कार अन्य सामान्य कारको तुलनामा केही फरक देखिने छ । अधिकतम ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्ने यो कारमा चालकले रोक्न र गुड्न बटम थिच्नुबाहेक अन्य भूमिका निर्वाह गर्नु नपर्ने जनाइएको छ । गुगलका सहसंस्थापक सर्गे ब्रिनले क्यालिफोर्नियामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कम्पनिको महत्वाकांक्षी योजनाको अघिल्लो बर्ष खुलासा गरेका थिए । कम्पनीका इन्जिनियरहरूले हाल स्वचालित प्रविधिका नकारात्मक पक्षबारे अनुसन्धान गरिरहेको र तिनलाई समेत सुधारेर कार निर्माण गरिने जनाइएको छ । यो कारमा परम्परागत कारको जस्तो बोनट राखिएको छैन । दुई सीट क्षमताको कार विद्युतबाट चल्ने बताइएको छ ।
गुगल स्वचालित कारमा सेल्फ चार्जिंगलाई अझ राम्रो बनाउनको लागि रेजिनेन्ट मेग्नेटिक इन्डकशनको सहयोग लिइरहेको छ । रेजिनेन्ट मेग्नेटिक इन्डकशन एक प्रकारको वायरलेस प्रविधि हो । जसको प्रयोगले चालकले रोडमै मेनहोल को सहयोगमा कारको तल्लो भागमा वायरलेस चार्ज गर्न सक्नेछन् । गुगलले फेडरल कम्युनिकेशनको सहकार्यमा हेवो पावर र मोमेन्टम डायनेमिकसमा काम गरिरहेको छ । यस प्रविधिको विकासले स्वचालित कारमा वायरलेस चार्जिंगलाई पुर्ण रूपले विकसित गर्नेछ । यसको लागि कारलाई एक मेनहोल भएको चार्जिंङ्ग पोइन्टमा केहि मिनेटको लागि कार रोक्नु पर्नेछ । योसँगै कार चार्ज हुनेछ । यो प्रविधिले यात्रालाई पुर्ण रूपले फरक बनाउनेछ ।

प्रतिक्रियाहरु

[anycomment]