फोहोरबाट बिजुली निकाल्ने तयारी

२०७२ फाल्गुन ३ गते, सोमबार

काठमाडौ, ३ फागुन । काठमाडौं महानगरपालिकाले आगामी तीन महिनाभित्र फोहोरबाट १४ किलोवाट बिजुली निकाल्ने तयारी गरिरहेको जनाएको छ ।
महानगरपालिकाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले टेकु ट्रान्सफर स्टेशनमा सङ्कलित भएको फोहोरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक तीन सय टन जैविक फोहोर प्रयोग हुने बताए ।
उपत्यकामा दैनिक ४ सय ५० टन फाहोर उत्पादन हुन्छ । त्यसमध्ये ६३ प्रतिशत जैविक फोहोर हुने गर्दछ । उपत्यकाका फोहोरको सही सदुपयोग गर्ने उद्देश्यका साथ बिजुली निकाल्न लागिएको हो । युरोपियन युनियन र महानगरले संयुक्त झण्डै दुई करोड रुपैयाँ लगानीमा बिजुली निकालिने र निकालिएको बिजुली महानगरको कार्यालयमा प्रयोग गरिनेछ । महानगरले उपत्यकाको टेकुमा सङ्कलित फोहोरबाट दैनिक ९६ केजी ग्यास, तीन सय किलोग्राम जैविक मल र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन गर्न लागेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]