औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुदै

२०७२ फाल्गुन ४ गते, मंगलवार

काठमाडौ, ४ फागुन । आजदेखि ‘२७ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा उद्यमी पुरस्कार’ प्रदर्शनी हुँदैछ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा हुने सो प्रदर्शनी भृकुटीमण्डपमा हुनेछ । प्रदर्शनी ६ दिनसम्म चल्ने समितिले जनाएको छ । प्रदर्शनीमा उत्पादनको प्रवर्द्धन गर्नुका साथै उद्यमी–उद्यमीबीच समेत स्वच्छ प्रतिस्पर्धा गराक्ष्ने तयारी पनि भएको । समितिका निमित्त कार्यकारी निर्देशक नीलम ताम्राकारले प्रदर्शनीमा तीनसय वटा स्टल रहने बताउनुभयो । देशका सबै जिल्लाका उद्यमीलाई प्रदर्शनीमा आफ्ना उत्पादन राख्नका लागि आह्वान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु