कालोबजारी नियन्त्रणको लागि विशेष अनुगमन सुरु
काठमाडौ, ५ फागुन । सरकारले कालोबजारी नियन्त्रणको लागि विशेष अनुगमन सुरु गरेको छ । उपभोक्ताको गुनासो बढ्दै गएपछि सरकारले सो कदम चालेको हो । बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेका अनुसार विभागले तालिम लिएका १ सय ८० जना अनुगमनकर्तालाई काठमाडौं उपत्यकासहित देशका मुख्य शहरमा खटाइएकोछ । यसरी खटिएका अनुगमनकर्ता सादा पोशाकमा वा आफै ग्राहक बनेर सामान खरिद गर्न पुग्ने छन् । व्यवसायी वा अरु कसैले अनियमितता गरे तत्काल कारबाही थालिने विभागले जनाएको छ । विभागले भारतको नाकाबन्दी पछि अनुगमनका क्रममा २५ जना भन्दा धेरैलाई कारबाही गरिसकेको जनाएको छ । तर कारबाही र अनुगमन भइरहेको विभागले बताइरहेपनि उपभोक्ताले भने राहत नपाएको गुनासो गरिरहेका छन् । पेट्रोलियम पदार्थ र ग्यासमा धेरै मार खेप्नु परेको उपभोक्ताको गुनासो छ ।