आन्तरिक उडानको भाडा घट्यो
काठमाडौ, ५ फागुन । आयल निगमले हवाई इन्धनको आन्तरिक उडान तर्फको मूल्यमा प्रति लिटर ५५ रुपैयाँ घटाउँदै १ सय ९ रुपैयाँमा झारेपछि निजी विमान कम्पनीहरुले बिहिबारदेखि लागू हुनेगरी आन्तरिक हवाई रुटमा भाडा घटाएका छन् । आन्तरिक विमानहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले काठमाडौंबाट सिधा उडान हुने रुटमा कम्तीमा २१ सय देखि ६ सय रुपैयाँसम्म भाडा घटाएको जानकारी दिएको छ ।
संघको भाडा सम्बन्धिको प्राविधिक कमिटीले धनगढीमा २ हजार १ सय ३५, नेपालगञ्ज १ हजार ६ सय १५, भैरहवा १ हजार १ सय ३५, पोखरा ९ सय ३०, भरतपुर ७ सय २० रुपैयाँ पहिलेको भाडा दरमा घटाएको छ । त्यस्तै विराटनगरमा १ हजार २ सय ७०, जनकपुरमा ८ सय २५, सिमरामा ६ सय २० रुपैयाँ घटाइएको छ । यो मूल्य बिहिबार बिहानबाट आन्तरिक विमानहरुले लागू गर्नुपर्ने छ ।