कांग्रेसद्वारा देशैभर श्रद्धाञ्जली कार्यक्रमको आयोजना

२०७२ फाल्गुन ९ गते, आईतवार

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्णयअनुसार आज ७५ वटै जिल्लाका सदरमुकाममा सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको १३ औं दिनको पुण्यतिथि पारी श्रद्धाञ्जलि कार्यक्रम गर्न लागिएको छ । कार्यक्रममा सहभागी हुन केन्द्रबाट अस्तुसहित केन्द्रीय सदस्य तथा नेताहरू जिल्ला पुगेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयले सबै जिल्लामा केन्द्रीय नेताहरूलाई पठाएको हो । कोइरालाको माघ २६ गते बिहान निधन भएको थियो । तिथिका हिसाबले १३ औं दिनको कार्यक्रम भने शनिबार नै गरिएको परिवारले जनाएको छ ।
कोइरालाको निधनमा पार्टीको जारी महाधिवेशनका कार्यक्रम केही दिन स्थगित भएका थिए । १३ दिनसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रम गरिएका छैनन् । सोमबारदेखि कांग्रेसले महाधिवेसन केन्द्रित औपचारिक कार्यक्रम गर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]