जनमोर्चाको अध्यक्षमा केसी पुन: निर्वाचित

२०७२ फाल्गुन १० गते, सोमबार

काठमाडौं, १० फागुन । गएराति बुटवलमा सम्पन्न भएको तेश्रो राष्ट्रिय सम्मेलनले राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रबहादुर केसीलाई पुन निर्वाचित छ ।
मोर्चाको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली निर्वाचित भएका छन । महासचिवमा जनकराज शर्मा, कोषाध्यक्षमा ओमबहादुर केसी तथा उपाध्यक्षमा बद्रे आलम रुपन्देही र दुर्गा पौडेल भक्तपुर निर्वाचित भएका छन ।
यस्तै सचिवमा हिमलाल पुरी चयन भएका छन । सम्मेलनले ३१ पूर्ण, ६ वैकल्पिक र ६ सल्लाहकार सहितको ४३ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको छ । सत्तारुढ दल समेत रहेको राष्ट्रिय जनमोर्चाले सरकारमै बसेर राष्ट्रियताको पक्षमा संघर्ष गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]