आइएसद्वारा श्रृंखलावद्ध विस्फोट, १ सय ४० को मृत्यु
काठमाडौं, १० फागुन । सिरियाको होम्स र दमास्कसमा इस्लामिक अतिवादी संगठन आइएसले गराएको श्रृंखलावद्ध विस्फोटमा एक सय ४० जना मारिएका छन् । दमास्कसमा भएको चार वटा विस्फोटमा कम्तिमा ८३ जना मारिएका छन् । त्यसअघि होम्समा गराइएको विस्फोटमा ५७ जना मारिएका थिए ।
मारिनेमा अधिकांश सर्वसाधारण नागरिक छन् । होम्समा दुई वटा कार बम विस्फोट गराइएको हो ।
आईएसले मुस्लिम अल्पसंख्यक समुदायलाई निशाना बनाएर विस्फोट गराएको हो । शिया मुसलमानको पवित्र ठाउँ मानिने दमास्कसको साइद अजाइनबमा पनि विस्फोट गराइएको थियो । होम्सको अलावियो जिल्लामा विस्फोट गराइएको हो ।
विस्फोटकै कमरण युद्ध विरामसम्बन्धि योजना नरोकिने विषयमा सकारात्मक छलफल भएको अमेरिकी विदेश मन्त्री जोन केरीको भनाइ छ । युद्ध विरामसम्बन्धमा रुसी समकक्षीसँग गरेको वार्तामा सहमति जुटेपनि विस्तृत रुपमा भने छलफल हुन बाँकी रहेको केरीको भनाइ छ । – एजेन्सी