नेपालमा पहिलो पटक सोलार स्कुटर सञ्चालनमा
काठमाडौँ । विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले विदेश पलायन उर्जाशील वैज्ञानिकहरुलाई स्वदेशमै ज्ञान र कला प्रयोग गर्ने सक्ने वातावरण निर्माण गर्न मन्त्रालय लालिपरेका बताएका छन् । सोमबार संवाद डबलीमा नेपालमा पहिलो पटक सोलारबाट चल्ने स्कुटर सञ्चालनको सुभारम्भ गर्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । उनले अविश्यमा विज्ञान प्रविधि क्षेत्रमा लाग्न सक्ने नाकाबन्दीको मुकाबिला गर्न सक्ने गरी आफू अगाडि बढेको बताए ।अनुसन्धानकर्ता दमौली, तनहुँका १७ वर्षिय विकल्प ढुङ्गानाले दुई वर्ष लगाएर सौर्य उर्जाबाट चल्ने चल्ने सोलारको निर्माण गरेका थिए । संवाद डबलीले प्रोत्साहन स्वरुप एक कार्यक्रम गरी सोलार जडित स्कुटरको शुभारम्भ गरेको थियो ।
स्कुटर चढेर स्कुटर सञ्चानकाे शुभारम्भपछि बोल्दै मन्त्री थापाले अनुसन्धानकर्ता ढुङ्गाना जस्ता हजारौं उर्जशील युवाहरुलाई नेपालमै अध्ययन र अनुसन्धान गर्ने वातावरण बनाउन आफू लागि परेको बताए । उनले विज्ञान प्रविधिको युगमा विज्ञान मन्त्रालयलाई सबैभन्दा कम बजेट र कर्मचारी छुट्इएको भन्दै असन्तुष्टि ब्यक्त गरे । मन्त्रालयमा ३६ जनाको दरबन्दी भएपनि दैनिक ७ जना कर्मचारी मुस्किलले मन्त्रालयमा आउने गरेको बताए ।
अनुसन्धानकर्ता विकल्प स्कुटरबारे जानकारी गराउँदै आफ्नी आमाको नामबाट स्कुटरको नाम ‘विष्णु सोलार स्कुटर’ राखेको बताए । उनले आफूले नयाँ काम गर्न चाहेको तर राज्यले सहज वातावरण नबनाएको गुनासो गरे । उनले प्रधानमन्त्री केपी शार्मा ओलीलाई पनि भेटेको स्मरण गर्दै आस्वासन मात्र पाएको बताए ।
कार्यक्रममा अर्का अनुसन्धानकर्ता धनगढीका सुमन पौडेलले विज्ञान प्रविधिसँग सम्बन्धित राज्य निकाय गैरजिम्मेवार बताए । उनले यसअघि नै ड्राइभर निदाउँदा अटो ब्रेक लाग्ने डिभइस (जुन सुदूरपश्चिमका पहाडी जिल्ला प्रयोग भइरहेको छ), रोडका लाइट साँझ अन र विहान अफ लगायत एक दर्जनभन्दा बढि नयाँ परिक्षण सफल गरी सकेका छन । सवारी साधनमा राखिने डिभाइस एसियामै पहिलो पटक पौडेल परिक्षण गरेका हुन् । उनी अहिले सुदूरपश्चिमका बाढी प्रभावित क्षेत्रमा साइरन जोड्ने योजनामा लागिरहेका छन् । पौडेलका अनुसार विष्णु सोलार स्कुटरमा स्मार्ट डिभाइस जडान गरिएको छ । मौसमको जानकारी दिनुका साथै हराएमा लोकेशन हेर्न सकिने छ । अहिले जडित साेलारकाे क्षमता लगातार ६० घण्टा माइलेस दिने साे अबसरमा विकल्प ढुङ्गाना जानकारी दिए ।
कार्यक्रममा नेपाल सूचना विज्ञान तथा प्रविधि संस्थाका प्रेसिडेन्ट सिपी भट्टराईले नेपालको विकास गर्नु विज्ञान र प्रविधिको क्षेत्रलाई राज्यले ध्यान बताए ।