प्रधानमन्त्री ओली राजनीतिक भेटवार्तामा व्यस्त

२०७२ फाल्गुन ११ गते, मंगलवार

काठमाडौं, ११ फागुन । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक भेटवार्तामा व्यस्त रहेका छन् । उनले सोमबार भारतको विपक्षी दल काँग्रेस आइका उपाध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन् । ओलीसँग भेट गर्न गान्धी राष्ट्रपति भवनमा पुगेका थिए ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उनीहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो ।
यस्तै सो पार्टीका नेता दिग्विजय सिंहले पनि प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग सोमबार नै भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का नेता सीताराम योचुरी, जनता दल युनाइटेडका नेता शरद यादव, नागरिक समाजका अगुवा विजय प्रताप लगायतसँग पनि भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओली आज बिहान गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यको अवलोकनका लागि त्यसतर्फ जाँदैछन् । – रासस

प्रतिक्रियाहरु

[anycomment]