सोलार जडान गर्नेलाई ५० प्रतिशत छुट दिने तयारी

२०७२ फाल्गुन ११ गते, मंगलवार

काठमाडौं, ११ फागुन । सरकारले सौर्य उर्जा जडान गर्नेलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । लोडसेडिङले हैरान भएका नागरिकलाई जनसहभागितामा आधारित नवीकरणीय उर्जामार्फत सरकारले लगाएको ५० प्रतिशत छुट दिने भएको हो ।
सरकारले व्यक्तिगतरुपमा घरमा जडान गर्ने देखि संघसंस्था र कार्यालयसमेतलाई छुट दिने गरी यस्तो योजना ल्याएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नवीकरणीय उर्जाका माध्यमबाट स्थानीय उर्जा आवश्यकता पूरा गर्ने उदेश्यले यस्तो योजना ल्याएको हो । मन्त्रालयले स्विकृतिका लागि मन्त्रिपरिषदमा पुर्‍याएको यो प्रस्ताब अब बस्ने बैठकले अनुमोदन गरेपछि तत्काल लागू हुनेछ । यो योजना चरणबद्ध रुपमा देशभरका सबै गाविस र नगरपालिकामा सञ्चालन हुने छ । – अन्नपूर्ण पोस्ट दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]