कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२०७२ फाल्गुन ११ गते, मंगलवार

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्ने बताइएको छ । बैठकमा विधान संशोधन, पार्टीका नीति तथा कार्यक्रम लगायतका महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ । पार्टी सभापति सुशील कोइरालाको निधनपछि औपचारिकरुपमा पहिलो पटक बस्न लागेको केन्द्रीय समिति बैठकले पार्टीको नीति तथा कार्यक्रम पनि छलफल गर्ने बुझिएको छ । बैठकमा महाधिवेशनको तयारीका लागि गठन गरिएका समितिले आआफ्नो कार्यविवरण पेश गर्नेछन्।
म्ंगलबारको बैठकमा आनन्द ढुंगाना नेतृत्वको विधान समितिले केन्द्रीय समितिको आकार बढाउने व्यवस्थासहितको विधान संशोधनको प्रस्ताव पेश गर्ने कार्यक्रम छ । कांग्रेस संस्थापन पक्षले केन्द्रीय समितिको आकारका साथै पदाधिकारीको संख्या बढाउनु पर्ने वताउँदै आएको छ भने देउवा पक्षधरले भने पदाधिकारी संख्या बढाउन नहुनेमा दबाब दिँदै आएको छ।

प्रतिक्रियाहरु

[anycomment]