तारा एयरको विमान सम्पर्कविहीन
काठमाडौं, १२ फागुन । पोखराबाट मुस्ताङ जाँदै गरेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडान भरेर जाँदै गरेको विमान बिहान सवा ८ बजेपछि सम्पर्कविहीन भएको हो । विमानमा यात्री र चालक दलका सदस्यसहित २० जना रहेको बताइएको छ । विमानको खोजी जारी रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । यस विषयमा थप जानकारी आउन बाँकी छ ।