तारा एयरको विमान दुर्घटनाग्रस्त

२०७२ फाल्गुन १२ गते, बुधबार

काठमाडौं, १२ फागुन । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एएचएच ट्वीनअटर विमान दुर्घटनामा परेको छ । पोखरा विमानस्थलबाट आज बिहान ८ बजेर ५ मिनेटमा जोमसोमको लागि उडेको विमान म्याग्दीको रुप्सेमा दुर्घटनाग्रस्त भएको हो । पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज १० मिनेटपछि सम्पर्कबिहीन भएको हो । पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार जहाजमा जम्मा २३ जना सवार थिए । चालकदलका तीन सदस्य र २० जना यात्रु थिए । जसमा विदेशी दुइ जना र २ जना बालबालिका रहेका छन् । जहाजमा कुवेतका नागरिक रालरसिद अहमिद र चिनियाँ नागरिक माकस्यु यिङ रहेका छन् । रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखराबाट दुइवटा हेलिकप्टर पठाइएको छ । मानन्धर वरिष्ठ पाइलट हुन् । यसैगरी को-पाइलट डी नेम्कुल र एयरहोस्टेस रमा रावल रहेका छन् । पौडेलका अनुसार पोखरा टावरसाग ८ बजे अन्तिम सम्पर्क भएको थियो ।
म्याग्दीको रुप्सेमा दुर्घटना भएको विमानमा डोल्मा छिरिङ शेर्पा, राजकुमार तामा, कमला थकाली, म्याक्सु वाइन्जी(विदेशी), लेप्सा लामा, बालकृष्ण निउरे, कान्छा परियार, फेन्जोक गुरु, लक्ष्मी हिराजन, बालक, मोतीबहादुर केसी, पवित्रा केसी, कृष्णलाल भट्टचन, दिलकुमार गौचन, देवीजंग जुरुङ, रेवती बराल, मुक्तिनाथ बास्तोला, विनता भट्टचन, रलरसीद अहमद(विदेशी) र एक बालक, चालक रोशन मानन्धर, विकेश नेमु सवार रहेका रहेका थिए

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु