कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०७२ फाल्गुन १३ गते, बिहीबार

काठमाडौं, १३ फागुन । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । एक विषय अनुत्तीर्ण विद्यार्थीका लागि उच्च लिएको मौका परीक्षामा ८६ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीषद्ले बुधबार बेलुका परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा सहभागी भएका ४७ हजार ६ सय १० परीक्षार्थीमध्ये ४१ हजार एक सय ५६ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]