राष्ट्रपतिको मूल्य एक लाख डलर !
काठमाडाें, १३ फागुन । इजिप्टका राष्ट्रपतिलाई खरिद गर्नका लागि एक लाख डलरको मूल्य तोकिएको छ । लिलामी सम्बन्धी वेभसाइट ‘इबे’ मा राष्ट्रपति अब्देल फतह अल सीसीको मूल्य एक लाख डलर तोकिएको हो । केही दिनअघि राष्ट्रपति अब्देल फतहले भनेका थिए, ‘देशका लागि आवश्यक परेमा म आफूलाई पनि बेच्न सक्छु ।’ उनको यो अभिव्यक्ति लगत्तै इबेले आफ्नो वेभसाईटमा राष्ट्रपति अब्देल फतहको तस्वीरसँगै एक विज्ञापन प्रकाशित गर्यो । विज्ञापनमा लेखिएको थियो, ‘एक उपयोगी फिल्ड मार्शल उपलब्ध छ ।’ – एजेन्सी