तेल लिन गएका ट्यांकरलाई रङ लगाउने पुर्जी
काठमाडाें, १३ फागुन । इन्डियन आयल कर्पोरेशन आइओसीले इन्धन लिन नेपालबाट गएका ट्यांकरलाई रङ लगाउन निर्देशन दिँदै चिट काटिदिएको छ। हिजो भारतको बरौनीमा इन्धन लिन गएका २० वटा गाडीलाई रङ लगाउन भन्दै आइओसीले चिट काटिदिएको नेपाल आयल निगमले जनाएको छ । चिट काटिदिएकाले अब ति गाडीले रङ नलगाएसम्म इन्धन लोड गर्न पाउने छैनन् । इन्धन ल्याउने गाडीमा रङ लगाउन कम्तिमा पनि दुई हप्ता लाग्ने निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । यसले गर्दा पनि इन्धन आयातमा समस्या देखिएको छ। आइओसीले विभिन्न बाहाना बनाएर माग भन्दा कम मात्र इन्धन लोड गरिदिने गरेको उनले बताए । उनका अनुसार अहिले निगमले दैनिक २६ लाख लिटर इन्धन लिन गाडी पठाउने गरेपनि आइओसीले २० लाख लिटर भन्दा धेरै दिएको छैन ।