तत्काल पार्टी एकता सम्भब छैन : बैद्य
काठमाडौं, १४ फागुन । नेकपा (क्रान्तिकारी माओवादीका) अध्यक्ष मोहन बैद्यले प्रचण्डलाई प्रधानमन्त्री बनाउनका पार्टी एकता नहुने बताएका छन । बैद्यले एमाओवादीका अध्यक्ष प्रचण्डले छिट्टै पार्टी एकता हुने सार्वजनिक अभव्यिक्ति दिइरहे पनि एकताबारे आफूसँग छलफल नै नभएको बताएका छन । अध्यक्ष बैद्यले सस्तो प्रचारबाजीका लागि छलफल र बहसनै नगरी पार्टी एकताको बिषयमा अभिव्यक्ति नदिन एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई चेतावनी समेत दिएका छन ।
शुक्रबार ललितपुरमा आयोजित नेवाः राज्यस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा आफू माओवादीहरुबीच एकताको पक्षमा रहेपनि कसैको दवावमा परेर हतारमा एकता सम्भव नरहेको बैद्यले प्रस्ट्याए ।
अध्यक्ष वैद्यले पार्टी एकता गर्नु पहिले १० बर्षको बीचमा माओवादी पार्टी ६ टुक्रामा विभाजन हुनुको कारणबारे समीक्षा गरिनुपर्ने वताए । उनले संविधानलाई जनविरोधी भनी जलाउने र विश्वकै उत्कृष्ट भनेर प्रचार गर्ने पार्टी बीच एकता हुन् नसक्ने ठोकुवा गरे । उनले आफू एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि नभइ समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । अध्यक्ष वैद्यले पिछडिएको जातजाति, वर्ग र समुदायका हक अधिकार अझै पनि सुनिश्चित नभएको र जनताको जीविकाका सवालमा सरकारले केही गर्न नसकेको भन्दै संविधान जारी भयो भनेर ढुक्क नहुन सत्तारुढ दलहरुलाई चेतावनी समेत दिए । माओवादीको नेवाः राज्यस्तरीय प्रशिक्षण कार्यक्रम फागुन २१ गतेसम्म संचालन हुने छ ।