आज मेघगर्जनसहित क्षणीक वर्षा हुन सक्ने
काठमाडौं, १६ फागुन । जल तथा मौसम पुर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित पूर्व, मध्य र पश्चिम पहाडका केही ठाउँमा बेलुकीपख मेघगर्जनसहित क्षणीक वर्षा हुने बताएको छ । भारतको बिहारमा रहेको न्यूनचापिय प्रणालीको असरका कारण क्षणीक वर्षा हुने अनुमान गरिएको बताइएको छ । आज तुलनात्मक रुपमा पूर्वको मौसम बढी बदली भइ मेघ गर्जसहित पानी पर्ने सम्भावना छ । पश्चिम र मध्य क्षेत्रमा आशिंक बदली हुने अनुमान गरिएको छ । शनिबार दिपायलमा ५ दशमलव ३ मिलिमिटर पानी परेको छ । काठमाडौं र धनकुटामा भने फाट्टफुट्ट मात्र पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।