प्रहरीद्वारा अफिम खेती नष्ट

२०७२ फाल्गुन १७ गते, सोमबार

काठमाडौं, १७ फागुन । प्रहरीले पर्सा जिल्लाको मधुवन मथवल–३, सखौनिया टोलस्थित जंगल नजिकै ऐलानी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झण्डै १२ कट्ठा जग्गामा लगाइएको अफिम खेती आइतबार नष्ट गरिएको हो ।
यसैगरी पर्साकै झौवागुठी–१ बस्ने भोजीदास तत्वाले सोही गाविस–६ स्थित आफ्नै खेतमा लगाएको अफिम प्रहरीले नष्ट गरेको छ । करिब ४ धुर क्षेत्रफलमा लगाइएको अफिम प्रहरीले नष्ट गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]