थालेसिमियाका बिरामी बढ्दै

२०७२ फाल्गुन १७ गते, सोमबार

काठमाडौं, १७ फागुन । नेपालमा पछिल्लो समयमा बालबालिकामा देखिने थालेसिमियाका बिरामीको संख्या बढ्दै गएको छ । एक दशकअघिसम्म नामै नसुनिएको यो रोगका बिरामीको संख्या पछिल्ला दिनमा भने बढ्दै गएको हो । तर, स्वास्थ्य मन्त्रालयले यो रोगका बारेमा न कुनै अनुसन्धान गरेको छ न त ऊसँग बिरामीको एकीन तथ्यांक नै छ । शरीरलाई असर पुर्‍याउने हेमोग्लोबिनको उत्पादन हुने रोग थालेसिमियाबाट धेरै बालबालिका प्रभावित छन् । शरीरमा राम्रो रगत उत्पादन नहुने भएपछि बालबालिकाको शारीरिक विकासमासमेत असर पर्छ । यो रोग लागेका बालबालिकाको शरीरमा कम्तिमा १५/१५ दिनमा रगत चढाउनुपर्ने हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार