पुनर्निर्माण अभियान सुरु हुदै

२०७२ फाल्गुन ३० गते, आईतवार

काठमाडौं, ३० फागुन । पुननिर्माण प्राधिकरणले आजवाट राष्ट्रिय पुनर्निर्माण अभियानको सुरुवात गर्दैछ । प्राधिकरणले दोलखाको उत्तरी सिँगटीबाट सो अभियान सुरु गर्न लागेको हो । प्राधिकरणले भूकम्पपीडितका लागि स्थायी आवसा निर्माण गर्न सरकारले दिने भनिएको अनुदानबापतको पहिलो किस्ता ५० हजार रुपैयाँका दरले वितरण गरेर अभियानको सुरुवात गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा उत्तरी लादुक ८ र लामिडाँडा गाविसका ६का भूकम्पपीडितलाई पहिलो किस्ताबापतको रकम हस्तानतरण गरिने प्राधिकरणले जनाएको छ । अनुदान वितरणका लागि प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया नेतृत्वको एक टोली दोलखा पुगेको छ । केन्द्रीय तथ्यांक विभागले स्थलगत रुपमा सर्वेक्षण पूरा गरेका दोलखाका लामिडाँडा, लाद्रुक, चिलँखा र बाबरेसहित ६ वटा गाविसका पीडितलाई पहिलो चरण गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले बिहीबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत २६ करोड ५६ लाख ५० हजार निकासा पठाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]