सुनको मुर्ती भन्दै ठगने पक्राउ
काठमाडौँ, ३० फागुन । प्रहरीले धातुको बुद्धको मुर्तीलाई सुनको मुर्ती हो भनी ठगी गर्ने गिरोहका नुवाकोट कुमारी–६ बस्ने २६ बर्षीय प्रदिप वि.क.(सुनार) र काभ्रे खरेलथोका–२ घर भई कपन बस्ने २३ बर्षीय सन्तोष खरेललाई पक्राउ गरेको छ । काठमाडौँ चन्द्रगिरी नगरपालिका–१० थानकोट बस्ने भुवन सुनारलाई प्रदिप समेतका व्यक्तिहरुले विभिन्न बहाना बनाई आफुसंग १ करोड मूल्य पर्ने सुनको बुद्धको मुर्ति रहेको र आफुहरुलाई रकमको समस्या परेकोले १५ लाख रुपैयामा भए बुद्धको मुर्ति दिने थियौ भनी विश्वासमा पारी मुर्तिको केही भागमा सुनको अंश राखी १२ लाख ७० हजार रुपैयामा विक्री गरेका थिए ।
पछि उक्त मुर्ती हेर्दा नक्कली भएको थाहा पाएपछि पीडितले महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए । महाशाखाबाट खटिएको प्रहरी टोलीले फागुन ५ गते नुवाकोट कुमारी–६ घर भई मातातिर्थ बस्ने २२ बर्षीय दिपक सुनार र ५१ बर्षीय मिनबहादुर क्षेत्रीलाई पक्राउ गरी आवश्यक कारवाही गरेको थियो । उक्त कार्यमा संलग्न रहकी फरार रहेका उनीहरुलाई प्रहरीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरु दुबै जनालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।