संसदीय नियमावली समितिको बैठक बस्दै

२०७२ चैत्र ३ गते, बुधबार

काठमाडौ, ३ चैत । व्यवस्थापिका संसद सञ्चालनका लागि आवश्यक नियमावलीका विषयमा छलफल गर्न आज दिउँसो १ बजे संसदीय नियमावली मस्यौदा समितिको बैठक बस्दै छ । बैठकले नियमावलीलाई अन्तिम रुप दिने प्रयास गरिने मस्यौदा समितिका सदस्यहरुले बताएका छन् । अरु विषयमा कुरा मिले पनि संसदीय सुनुवाई समितिको सदस्य कति रहने भन्नेमा नेपाली कांग्रेस र सरकार समर्थित दलहरुबीच कुरा नमिलेपछि संसदीय नियमावली निर्माण अड्किएको छ ।
एमाले र एकीकृत माओवादी लगाएतले सुनुवाई समिति संविधानअनुसार १५ सदस्यीय हुनुपर्ने बताउँदै आएका छन् भने काँग्रेसले संक्रमणकालको बेला ७३ सदस्यीय नै हुनुपर्ने बताउँदै आएको छ । संसदीय सुनुवाई समिति नहुँदा न्यायाधीस नियुक्तिमा अफ्ठेरो परेको छ ।

प्रतिक्रियाहरु

[anycomment]