इच्छाविपरीत लोला हाने कारबाही
काठमाडौ, ४ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्वका नाममा जबरजस्ती लोला हान्ने, अबिर, रङ तथा मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने रासायनिक पदार्थ छ्याप्ने तथा दल्ने कार्य नगर्न-नगराउन सबैसँग अनुरोध गरेको छ । कार्यालयले एक विज्ञप्ति जारी गरी कसैको इच्छाविपरीत लोला हाने स्थानीय प्रशासन ऐन, २०२८ तथा केही सार्वजनिक (अपराध र कसुर) ऐन, २०२७ को दफा २ तथा ६ बमोजिम कारबाही हुने जनाएको छ । यसवर्ष तराइका जिल्लाबोहक अरु जिल्लामा फागुन ९ गते होली पर्व मनाईदैछ ।