एमाओवादी केन्द्रीय समितिको बैठक बस्दै

२०७२ चैत्र ५ गते, शुक्रबार

काठमाडौ, ५ चैत । एमाओवादी केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वर्तमान सरकारको काम कारबाहीको समीक्षा लगायत विषयमा छलफल हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा हिजो बसेको स्थायी समितिको बैठकले सरकारको कामकारबाहीबारे समीक्षा गरेको थियो । बैठकले कमजोरी सुधार गर्दै जनताको पक्षमा काम गर्न हदैसम्म प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।
आज त्यस विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ । बैठकमा पार्टी विभाजनका विषयमा पनि छलफल हुनेछ । बैठकमा प्रदेश इन्चार्ज एवम् सचिवले आ–आफ्नो प्रदेशका बारेमा प्रतिवेदन पेस गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]