सिरीयामाथि सैन्य आक्रमण हुन सक्छः ओबामा
सिरीयामाथि सैन्य आक्रमण हुन सक्छः ओबामा
काठमाडौं ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरीयामाथि सैन्य आक्रमणको चेतावनी दिएका छन् । र्टर्कीका राष्ट्रपति अब्दुल गुअलसंगको भेटवार्ता पछि संवाददाताहरुसंग कुरा गर्दै अमेरिकी राष्ट्रपति ओबामाले सिरीयाले नागरिकमाथि रासायनिक हतियार प्रयोग गरिरहेको भन्दै सैन्य आक्रमणको बिकल्प खुलेको बताएका हुन् ।
उनले बसर अल असादको सरकारले नागरिकमाथि रासायनिक हतियार प्रयोग गरिरहेको पाईएकाले यस कुराको पुष्टि भए सैन्य कदम उठाउने चेतावनी दिएका छन् । हृवाईट हाउसमा संवाददाताहरुसंग ओबामाले रासायनिक हतियार प्रयोगबारे थप जानकारी हाँसिल गर्न आवश्यक रहेको समेत बताएका छन् । उनले सिरीयाले रासायनिक हतियार प्रयोग गर्नुले छिमेकी देश र अमेरिकालाई समेत घातक हुने बताए ।
उनले सिरीयन जनता माथिको दमन अन्त्य गर्न अर्को कुनै जादुको छडी नभएकाले र्टर्की र अमेरिका असादको सरकारमाथि आक्रमण गर्न बाध्य हुने उल्लेख गरे ।
संयुक्त राष्ट्रसंघका पर्ूव हतियार निरिक्षक चार्ल्स डुएलफरले रासायनिक हतियार प्रयोग भए नभएको बारे अनुगमन जारी रहेको र सिरीयन ब्रि्रोहका र्घाईतेहरुको नमूना जम्मा गरिरहेको बताए । उनले हालसम्मको र्सर्वेक्षण अनुसार रासायिन हतियार प्रयोगका आशंकामा थप बल पुगेको प्रतिक्रिया दिएका छन् ।