क्लिन काठमाण्डौं, ग्रिन काठमाण्डौं अभियान शुरु

२०७२ चैत्र ६ गते, शनिबार

काठमाडौँ, ६ चैत । नयाँ शक्ति नेपालले आजबाट २४ हप्ते ‘क्लिन काठमाडौँ, ग्रिन काठमाडौँ’ अभियान सुरु गरेको छ । आज बिहान राजधानीको पशुपतिनाथ क्षेत्रको सरसफाइ गरी अभियानको सुरुवात भएको हो । सरसफाइ कार्यक्रममा नयाँ शक्ति नेपालका अभियान्त डा. बाबुराम भट्टाराई सहित सो शक्तिमा आवद्ध कलाकार चलचित्रकर्मी, बुद्धिजीवी तथा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । मुख्य रुपमा विश्व सम्पदा सूचीमा सूचीकृत सातवटा सम्पदा भएको क्षेत्रमा विशेष सरसफाइ गर्ने सो समुहले जनाएको छ । २४ हप्ताको कार्यक्रममा पहिलो १२ हप्ता सरसफाइमा र दोस्रो १२ हप्ता हराभरा काठमाडौँको रुपमा विकास गर्ने गरी अभियान अगाडि बढ्ने अभियानका संयोजक गङ्गानारायण श्रेष्ठले बताए । अभियान कुनै राजनीतिक अभिष्ट पूरा गर्न नभई विशुद्ध काठमाडौँलाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले मात्रै सञ्चालन गरिएको उनको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]