बेलायती राजकुमार ह्यारी नेपाल आउँदै

२०७२ चैत्र ६ गते, शनिबार

काठमाडौ, ६ चैत । बेलायती राजकुमार ह्यारी आज नेपाल आउँदैछन । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्षको अवसर पारेर ह्यारी आजदेखि पाँच दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । ह्यारी दिउँसो ३ बजे काठमाडौ आइपुग्ने कार्यक्रम रहेको छ । उनले आज साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने बताइएको छ । उनि चैत १० गतेसम्म नेपालमा रहने छन । नेपाल बसाइका क्रममा राजकुमार ह्यारीले पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकन गर्नेछन् भने भूकम्पबाट प्रभावित ऐतिहासिक स्मारकको पुनर्निर्माणमा भएका प्रगतिबारे पनि जानकारी लिनेछन् ।
त्यस्तै, ह्यारीले भूकम्पपीडितको अस्थायी पुनःस्थापना केन्द्र, सानोठिमी प्राविधिक शिक्षालय, कान्तिबाल अस्पतालको पनि अवलोकन गर्नेछन् । नेपालस्थित बेलायती दूतावासका अनुसार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन, पोखरास्थित गोर्खा सैनिक क्याम्पमा पुगेर वीर गोर्खाप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि छ ।
हिमालयको दृश्यावलोकन, जलयात्रा तथा पोखराबाट पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]