नमोबुद्ध सहयोगी हातहरूको पर्खाइमा
काठमाडौँ । गत वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षति पुगेको काभ्रेको धार्मिक एव पर्यटकीय क्षेत्र नमोबुद्ध पुनःनिर्माणको पर्खाईमा छ । गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किन्वदन्ती छ । नमोबुद्धको प्रचार–प्रसार हुन सके आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धन हुने देखिन्छ । गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किन्वदन्ती छ । राजकुमार महासत्व (गौतम बुद्ध) ले भोकाएकी सुत्केरी बघिनीलाई आफ्नो शरीरको मासु काटेर खान दिएको र उनलाई बचाएको किन्वदन्ती छ । मासु जति बाघिनीलाई दान गरेपछि बाँकी रहेको हाड पुरिएको ठाँउमा बनाईएको मन्दिरमा बैषाख १२ गते गएको विनाशकारी भुकम्पले क्षति पुर्यााएको छ । नमोबुद्धमा ७ सय बर्ष पहिले बनेको कुदु टासी छोईलिङ गुम्बा र नमोबुद्ध मन्दिर तथा गुम्बा पुनर्निर्माणको काममा स्थानियले शुरुवात गरेता पनि राज्य स्तरबाट कुनै पनि काम सुरु हुन सकेको छैन । विधिवत क्षमा पुजा गरेर पहिले जस्तै बनाउने गरि गुम्बा र मन्दिर पुनंनिर्माण गर्नका लागि धुन्चुम रिम्र्बाेचेबाट आरति क्षमा पुजा भएको नमोबुद्ध ध्याङ गुठीका संरक्षक सोनाम ग्याल्मो लामा बताउँदछन् ।
गुम्बाको लागि २ करोड र मन्दिरको लागि ६० लाख पुन निर्माण लागत खर्च अनुमान गरिएको भएता पनि हाल सम्म खासै रकम जुटन सकेको छैन । तथापी सहयोगी हातहरू अघि बढ्ने विश्वासका साथ पुनं निर्माणको काम सुरु गर्न लागेको नमोबुद्ध विकास केन्द्रका सचिव गणबज्र लामा बताउँछन्