शिक्षा र शैक्षिक मूल्याङ्कन प्रणालीको प्रभाबकारीता – प्रशान्त लामा दोङ
शिक्षा सामाजिक रूपान्तरणको आधारस्तम्भ हो ।शिक्षाले देशको भविष्य निर्धारण गर्दछ । शिक्षाले देशको लागि दक्ष जनशक्ति उत्पादन गर्ने माध्यम बन्नुपर्थ्यो। शिक्षाले मानवीय भावनाको विकास गर्नुपर्थ्यो ।शिक्षाले देशको राजनीतिक भविष्य निर्धारण गर्नुपर्थ्यो ।शिक्षाले देशमा आर्थिक रूपान्तरण गर्नुपर्थ्थो ।तर शिक्षा प्रणालीको व्यवस्थापनमा आएको कमजोरीले शिक्षा प्रणाली नै असफल भएको देखिन्छ ।शिक्षण सहज बिषय हैन तर व्यवहारिक उपयोगको आधारमा शिक्षण गर्ने हो भने शिक्षण सामान्य बन्न जान्छ । शिक्षा आफैमा बेठीक हैन त्यसलाई प्रयोग गर्ने पद्धति बेठीक हो । प्रभाबकारी शिक्षणको लागि शैक्षिक सामाग्री महत्वपूर्ण हो । तर दूरभाग्य अधिकांश सामुदायिक बिद्यालयमा दैनिक पाठयोजना नै नबनिकन शिक्षण क्रियाकलाप हुने गर्छ । अनि कसरी हुन्छ उपयुक्त शिक्षण विधि , शैक्षिक सामाग्री छनोट र निरन्तर बिद्यार्थी मूल्याङ्कन ? लेटर ग्रेटिङ मूल्याङ्कण प्रणाली मनोबैज्ञानिक हिसाब उपयुक्त मूल्याङ्कन प्रणाली हो । लेटर ग्रटिङ प्रणाली सिकारूको चौतर्फी सिकाइको स्तरसँग सम्बन्धित छ तर दूरभाग्य शैक्षिक व्यवस्थापनको अस्तव्यस्ताले लेटर ग्रेटिङ प्रणाली यतिखेर सामुदायिक विद्यालयको अधिकांश शिक्षक हरूको निम्ति भालुलाई पुराण सावित बन्दैछ । विद्यालयमा उक्त प्रणालीमा उपयोग गर्ने दक्ष शिक्षक छन् अपर्याप्त दरबन्धि शिक्षकको कारण ब्यबहारिक उपयोग छैन । जहाँ पर्याप्त दरबन्धि छ त्यहाँ दक्ष शैक्षिक जनशक्ति छैन ।अधिकांस शिक्षकहरू विद्यार्थीको वैयक्तिक मूल्याङ्कन गर्दा उसको क्षमतामा बढावा दिइ कमीकमजोरीलाई सुधार गरि स्पष्ट मिलन बिन्दु पहिचान गरि शिक्षण प्रभावकारी ल्याउनेतिर नभइ कागजको खोष्टमा हचुवामा दिएको गणितीय धर्सोको योगको भरमा गर्छन । के यस्तो निरन्तर बिद्यार्थी मूल्याङ्कन प्रणालीले लेटर ग्रेटिङ प्रणालीमा प्रभाबकारी परिणाम देला ? के शिक्षणमा बैज्ञानिक कार्यमूलक अनुसन्धान भएको छ त ? जस्तो सिकारूमा त्रिकोणमितीय कोणको मानहरू दिमागमा राख्ने शिक्षण प्रविधि मान तालिका मात्रै हो त ? आधारभूत गणितीय सीप बिकास गर्न बैज्ञानिक गणितीय मेथोडोलोजी छ त ? बिकास भएका छन तर दक्ष जनशक्ति छैन । तार्किक क्षमता गणितीय स्मरणशक्ति बिकास गराउँछ । तर सामुदायिक गणितीय आधारभूत ज्ञान दिने क्षमता न शिक्षकमा छ न शिक्षकलाई तालिम दिने सहजकर्तामा । खहरे खोलाबाट निस्केको आवाज र अक्षम शिक्षकहरूको जमातबाट निस्कने निष्कर्ष एउटै हुन्छ ।सामुदायिक बिद्यालयमा शिक्षक नियुक्ति हुन्छ राजनीतिको पगरी गुथ्ने ढेडुहरू ,शिक्षकलाई तालिम दिने सहजकर्ता नियुक्ति हुन्छ भाषा बिषयको राजनीतिक सर्टीफिकेटधारीहरू , सिमली छायाँको राजनीतिक मनोकथात्मक गीत गएर शिक्षण प्रयोगशाला सफल हुन्छ ? क्षमता र सीपले योग्य जनशक्तिहरू बिदेशिन बाध्य बनाउछन् ।नेपाली राजनीति र नेपालको शिक्षा नीति केही फरक छैन । सामुदायिक बिद्यालयको अधिकांश शिक्षकहरूलाई शिकिस्त क्षतिग्रस्ता कर्मचारी भन्दा फरक नपर्ला । बिदेशमा मनोबिज्ञान बुझेकाहरू एक क्लसमा पढाउँछन् । नेपालमा जबर्जस्ति एस.एल.सि राजनीतिक सर्टीफिकेधारीहरू बच्चालाई पढाउँछन् । अनि कहाँबाट हुन्छ बालमनोवैज्ञानिक शिक्षण ? नेपालमा एस एल सि धारी अर्थमन्त्रि र प्रधानमन्त्रि हुन्छन , तीनले बिकासको नाम गफ नगरे के गर्छन त ? आफै रित्तो त अरू के पकाएर दिन सक्छ त ?त्यसैले वर्तमान शिक्षाको अवस्था र मूल्याङ्कण प्रणाली बीचमा नसोच्ने हो भने अब पचास बर्ष भित्रमा शैक्षिक सर्टीफिकेटधारी बेरोजगारी नै नेपालको कूल जनसंख्या हुने पक्का छ ।