सेतो मछिन्द्रनाथको रथयात्रा वैशाख २ देखि

२०७२ चैत्र १२ गते, शुक्रबार

काठमाडौं, १२ चैत । सेतो मछिन्द्रनाथको रथयात्रा वैशाख २ देखि ५ गतेसम्म हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही चैत १५ गते तीनधारा पाठशालामा सरोकारवालाको भेलाबाट रथयात्राको मार्गका बारेमा स्थलगत निरीक्षण गरिने जनाएको छ । मन्त्रालयले सरोकार भएका निकायसँग बिहीबार गरेको छलफलमा रथयात्रा उत्साह एवं सफलताका साथ सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
छलफलमा मन्त्रालयका सचिव प्रेमकुमार राई, प्रजिअ रामकृष्ण सुवेदी, गुठी संस्थानका सहप्रशासक, मछिन्द्रनाथका पुजारी, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, नेपाल प्रहरी, सडक विभाग, ट्राफिक प्रहरी लगायतका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु