महानिर्देशक नियुक्तिमा आर्थिक चलखेल

काठमाडौं । स्वास्थ्य मन्त्रायअन्तर्गतको स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्तिमा आर्थिक चलखेल भएको स्रोतले बताएको छ । स्वास्थ्यमन्त्री रामजनम चौधरी, प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमाल र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले आर्थिक प्रलोभनमा परी डा. पुष्पा चौधरीलाई महानिर्देशकमा नियुक्त गरेको स्रोतले ठोकुवा गरेको छ । स्रोतका अनुसार सुशील कोइराला नेतृत्वको सरकारले स्वास्थ्य सेवा विभागको महानिर्देकमा डा. शैलेन्द्रराम उप्रेतीलाई नियुक्ति गरेको थियो । तर, उनलाई पूरा अवधि कार्य गर्न नदिई बीचमै हटाइएको छ । डा. शैलेन्द्रराज उप्रेतीलाई महानिर्देशकबाट हटाई डा. पुष्पा चौधरीलाई ल्याउनुको पछाडि लाखौँको खेल भएको स्रोतको दाबी छ ।
विद्यमान स्वास्थ्य नियमावलीको उल्लंघन गर्दै डा. पुष्पा चौधरीभन्दा सिनियर तीनजना डाक्टर हुँदाहुँदै उनलाई महानिर्देशकमा नियुक्ति गर्नुले पनि यसमा पद, पहुँच र पैसाले काम गरेको प्रस्ट हुन्छ । स्रोतका अनुसार डा. पुष्पा चौधरीले आपूm महानिर्देशक हुन सत्तरी लाख खर्च गरेकी छिन् । औषधि आपूर्ति निर्देशनालय, बाल स्वास्थ्य महाशाखा, परिवार नियोजन महाशाखा, तालिम केन्द्र निर्देशनालय, आयुर्वेदिक महाशाखालगायतका आर्थिक स्रोत र साधनले सम्पन्न निकायहरू उक्त स्वास्थ्य सेवा विभागअन्तर्गत पर्ने भएकोले डा. पुष्पा चौधरी यति ठूलो रकम खर्च गरी महानिर्देशक बन्न तयार भएको स्रोतको ठोकुवा छ । यसभन्दा अघि पनि स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्ति प्रकरणमा आर्थिक चलखेल हुने गरेको तर यस पटक इतिहासमै सबैभन्दा मोटो रकम लिएर रोलक्रममा चौथो नम्बरमा पर्ने डा. पुष्पा चौधरीलाई महानिर्देशक बनाइएको स्रोतले बताएको छ ।