एसएलसीको तयारी पुरा

२०७२ चैत्र १६ गते, मंगलवार

काठमाडौ, १६ चैत । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको तयारी पुरा भएको जनाएको छ । पर्सीदेखि एसएलसी परीक्षा सुरु हुँदैछ । कार्यालयका अनुसार यो वर्ष ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थीले परीक्षा दिंदैछन् । परीक्षार्थी मध्ये यो वर्ष पनि छात्राको संख्या बढी रहेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार यो वर्ष छात्रको तुलनामा २ हजार १ सय ८९ ले छात्राको संख्या धेरै छ ।
अघिल्लो वर्ष पनि एसएलसी दिने छात्रा बढी थिए । यो वर्ष प्राविधिक तर्फ ३ हजार परीक्षार्थी रहेको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार