आज राष्ट्रिय सहकारी दिवस

२०७२ चैत्र २० गते, शनिबार

काठमाडौं, २० चैत । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मूल नाराका साथ आज ५९ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विसं २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३४ हजार सहकारी संस्था छन् ।
रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय छ । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार