नेपालमा कमाएको अकुत धन विदेशमा संचय

२०७२ चैत्र २३ गते, मंगलवार

काठमाडौं, २३ चैत । नेपालमा भ्रष्टाचार तथा कर छलेर कमाएको सम्पत्ति विदेशमा लुकाउने क्रम तीब्र देखिएको छ । स्वदेशी–विदेशी कम्पनी संचालक तथा लगानीकर्ताले राजनीतिक संक्रमणको फाइदा उठाउँदै जुटाएको अकुत आम्दानी विदेश पुर्‍याएका हुन् । अनुसन्धान पत्रकारको संस्था इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिज्म (आइसीआइजे) ले आइतबार सार्वजनिक गरेको दस्तावेजमा विश्वका विभिन्न ‘ट्याक्स हेभन’ मा कालो धन थुपार्नेमा सात नेपालीसमेत छन् ।
आइसिआइजेले आठ महिनाको अनुसन्धानपछि मध्य अमेरिकाको पानामास्थित कर छलीको पैसाबाट कम्पनी स्थापना गर्ने ल फर्म ‘मोसाक फोन्सिका’ को दस्तावेज सार्वजनिक गरेको हो । दस्तावेजमा शक्तिशाली राजनीतिज्ञ, कलाकार तथा व्यापारी गरी विश्वका १२८ जनाले गरेका गोप्य आर्थिक कारोबारको विस्तृत विवरण छ । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.४४ अंकले घट्यो

२०८२ बैशाख २१ गते, आईतवार

मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८२ बैशाख १८ गते, बिहीबार