पतिको हत्या गरी कुकुरलाई मासु खुवाउने महिला पक्राउ

२०७२ चैत्र २३ गते, मंगलवार

काठमाडौं, २३ चैत । पतिको हत्या गरी कुकुरलाई मासु खुवाउने एक रुसी महिलालाई प्रहरीले पक्राउ गरेको छ । ४६ वर्षीया स्भेत्लाना बटुकोभालाई प्रहरीले हत्या आरोपमा अदालतमा पेश गर्दैछ । उनका ६६ वर्षीय पतिको विभत्स हत्या भएको थियो । पाखुरा काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । लागू औषध कोकिनको लतमा रहेकी बटुकोभाले पतिको मासु आफ्नो कुकुरलाई खुवाएको बताइएको छ ।
मृत्युपूर्व उनका पतिले आत्मरक्षाका लागि प्रयास गरेको संकेत समेत नदेखिएको भन्दै प्रहरीले हत्यापूर्व उनलाई नशामा लठ्याइएको अनुमान गरेको छ ।
दुई वर्ष सँगै बिताएपछि उक्त जोडीले गत जनवरीमा विवाह गरेको थियो । बटुकोभाले आफ्नो पेशबुक पेजमा कुकुरसँगको तस्वीर लगातार पोस्ट गर्दै आएकी थिइन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]