आयोजना छाड्ने खेलमा जिएमआर
काठमाडौं, २४ चैत । माथिल्लो कर्णाली जलविद्युत आयोजना (९ सय मेगावाट) निर्माण जिम्मा लिएको भारतीय जिएमआर इनर्जी कम्पनी आयोजनाबाटै पन्छिने तयारीमा लागेको छ । कमजोर वित्तीय अवस्थाबाट गुज्रिरहेको कम्पनीले लगानी जुटाउन नसकेपछि बाँकी ५१ प्रतिशत सेयरसमेत बेच्ने खेलमा लागेको छ । आयोजना निर्माण गर्न जिएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेड नामक कम्पनी खोलिएको छ । जिएमआरले यस कम्पनीको ४९ प्रतिशत सेयर फ्रान्सको आफ्नै साझेदार ‘इलेक्ट्रिसाइट द फ्रान्स सा’ (इडिसी) लाई सन् २०१४ मै बेचिसकेको छ ।
करिब १ खर्ब १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत पुँजी जुटाई बनाउने तयारी छ । जिएमआरलाई ऋण जुटाउनै कठिन भएको उर्जा मन्त्रालय स्रोतले बतायो । – नागरिक दैनिकबाट