एमालेको पोलिटब्यूरो बैठक जारी

२०७२ चैत्र २५ गते, बिहीबार

काठमाडौ, २५ चैत । नेकपा एमालेको मंगलबारदेखि चलिरहेको पोलिटब्युरो बैठक आज पनि जारी रहनेछ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहने बताइएको छ । हिजो पनि सदस्यले आफ्ना धारणा र सुझाव राखेका थिए । बैठकमा बोल्ने नेताहरूले सरकारको काम प्रभावकारी हुनुपर्ने, प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणको ऐतिहासिकतालाई कायम राख्दै राष्ट्रिय स्वाधिनताको प्रश्नमा झुक्न नहुने, पार्टीलाई गतिशील र अन्तरपार्टी एकता बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष ओलीले मङ्लबारको बैठकमा १२ पृष्ठको प्रतिवेदन पेस गर्नुभएको थियो । एमालेको यही चैत २७–३० मा काठमाडौँमा हुने केन्द्रीय कमिटीको बैठक अगाडि पोलिटब्युरो बैठक बसेको हो ।
बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन, पार्टीको भवन निर्माण, विधान संशोधन, केन्द्रीय निकायका प्रतिवेदनलगायत कार्यसूची रहेको एमालेले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]