भानुआटुमा ६.९ रेक्टरको भूकम्प
काठमाडौं, २५ चैत । भ्यानुआटु द्वीपमा विहीबार विहानै ६.९ रिक्टर स्केलको भूकम्प गएको छ । भानुआटुमा यसै हप्ता गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । हिजोपनि त्यहाँ ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो भने आइतबार ७.२ रिक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन । यस भूकम्पको केन्द्रविन्दु राजधानी भिलाबाट करिब १०९ किलोमिटर उत्तर उत्तरपश्चिम क्षेत्र सोला रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । यस भूकम्पको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
यस भूकम्पबाट हालसम्म मानवीय एवम् भौतिक सम्पत्तिको क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ । भानुआटुमा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।- एजेन्सी