पैसा लिएर यौन सम्बन्ध राखे कारवाही !

२०७२ चैत्र २५ गते, बिहीबार

काठमाडौं, २५ चैत । फ्रान्समा पैसाका लागि यौन सम्बन्ध राख्न प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । फ्रान्सको संसदले बुधबार पारित गरेको विधेयक अनुसार पैसाका लागि यौन सम्बन्ध राख्नु गैरकानुनी हुनेछ । यो विधेयकले यौन व्यवसायमा लागेकाहरु निराश भएका छन् । उनीहरुले संसदबाट पारित विधेयकको विरोध गरेका छन् । विधेयकमा उल्लेखित प्रावधानअनुसार कसैले यौन सम्बन्ध बापात भुक्तान गरेमा उसलाई ३,७५० युरो जरिवाना हुनेछ ।
यस अतिरिक्त दोषीहरुले वेश्याबृत्तीमाथि जागरुकताको कोर्ष पनि पुरा गर्नुपर्ने छ ।
फ्रान्स सरकारका अनुसार यो विधेयकले यौन व्यवसायबाट बाहिर निस्कन चाहनेहरुलाई मद्दत गर्नेछ । यस अतिरिक्त विदेशी दलालहरुको नेटवर्कलाई तोड्नु पनि विधेयकको अर्को उद्देश्य हो । झण्डै दुई वर्षको अन्योलपछि संसदले यो विधेयकलाई पारित गरेको हो । विधेयक पारित हुन लाग्दा संसद बाहिर यौनकर्मीहरुले विरोध प्रदर्शन पनि गरेका थिए । उनीहरुले उक्त विधेयकबाट ३० देखि ४० हजार यौनकर्मीलाई प्रभावित पार्ने बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]