विक्रम बाबा मेला सुरु
काठमाडौं, २५ चैत । चितवन राष्ट्रिय निकुञ्ज मुख्यालयमा हरेक वर्ष लाग्ने विक्रम बाबा मेला आजदेखि सुरु भएको छ । चैते दशैको अवसरमा हरेक वर्ष सो क्षेत्रमा विक्रम बाबा मेला लाग्ने गर्दछ । मेलामा विहानै देखि दर्शनालुको उल्लेख्य सहभागिता रहेको आयोजनकले जनाएको छ । मेलामा होटल, खुद्रा सामाग्री, कपडा लगायतका स्टलहरु रहेका छन् । मेलामा बनभोज खाने ठाउँ समेत रहेको छ । विक्रमबाबाको दर्शन गर्न जाने भक्तजनहरुहरुलाई राप्ती नदीमा डुङ्गाको समेत ब्यबस्था गरिएको छ ।
विक्रम बाबा मेला १५ दिन सम्म चल्ने छ । बिक्रम बाबा परापुर्व काल देखि थारु जाति पुजा गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेर गएको छ । बिक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैको अवसरमा हजारौँ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षि बली दिने गर्दछन् ।